२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घट्यो

बैशाख ७, काठमाडौं : युक्रेन रुस यु-द्धका कारण इन्धनको मुल्य आकासिएर आएपछी सर्बसाधराणहरुले चर्को मुल्यमा इन्धन खरिद गर्दै आइरहेको बेला भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य करिब चार रुपैयाँले घटेर आएको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल

आयल निगमले जानकारी दिएको छ । आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ। यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ ।

यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो । पछिल्लो निक्कै समयदेखि घाटा बेहोर्दै आयेको नेपाल आयल निगमको बित्तीय अवस्था निक्कै कमजोर भएपछि, उधोग ब्याबसाहीहरुले इन्धन आपूर्तिमा रोक समेत लगाएर हडताल गरेका थिए ।

घाटा थेग्न नसकेपछि इन्धनको खपत घटाउनका लागि निगमले यातायातमा जोरबिजोर प्रणाली लागू गर्न , आइतबार समेत सर्बजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएको थियो तर आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य चार रुपैयाँले घटेर आएपछि उपभोक्तालाई थोरै भए पनि सहज भएको छ ।- बिनिता तिम्सिना

२०७९ बैशाख ६, मंगलवार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार