
काठमाडौ : देशभर चुनावी प्रचार अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि
राजनितिक दलसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् ।
जे जती हुन्छ आफ्नै बलबुतामा निर्वाचन लड्ने भन्दै अध्यक्ष लिङदेनले राप्रपाले आफ्नै शक्तिमा विश्वास राख्ने बताएका छन् ।
एक्लै चुनावमा गएर पनि राम्रो नतिजा निकाल्न सक्ने दाबी पनि उनले गरेका छन् । आफ्नो उदेश्य प्राप्तीका लागी कसैसँग सम्झौता गर्ने पक्षमा राप्रपा नरहेको पनि उनले भनेका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग
कुरा गर्दै अध्यक्ष लिङदेनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनतामाझ जाने र चुनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । आसन्न निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित हासिल गर्ने दाबी पनि उनले गरे ।
राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दुराष्ट्र समेत घोषणा गरिने उनले बताए । राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने
नीति राप्रपाको रहेको उनको भनाइ छ । धनुषाको वीरन्द्रबजारमा पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचनकेन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा अध्यक्ष लिङदेन र केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुरधाम गएका हुन् ।