
बैशाख ५, काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीले चाहेर हुने भए वा मिल्ने भए आज रातिनै राजालाई नारायण हिटिमा
ल्याइन्थियो र हिन्दु राज्यको पुनःस्थापन पनि गरिनथ्यो ।
कार्यक्रममा अध्यक्ष लिङ्देनले राजसस्थाको बारेमा जनमानसमा भएको भ्रम हटाउने उद्देश्यले भन्नुभयो । देश अब तबरले अगाडि बढिसक्यो अब नयाँ सम्झौताबाट अगाडी जानुपर्छ जसअनुसार अब राज्सस्थालाई राष्ट्र प्रमुखको वा
अभिभावकिय सन्थाको रूपमा स्थापना गर्नुपर्छ । जसका लागि राप्रपा दिनरात प्रयासरत छ र मौकाको पर्खाइमा छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् ।
अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने र यो पटक अहिले देखि नै जनताको भरपुर साथ राप्रपाले पाइरहेको उनले दाबी गरे ।
त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्ने उनले बताए । जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ छ ।
धनुषाको विरन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर आएकी थिइन् । – बिनिता तिम्सिना