२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अध्यक्ष लिङ्देन भन्नुहुन्छ – भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्र टिकट दिन्छौँ ।

बैशाख ४, काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् ।

एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने ।निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नगराएसम्म जनताले दुःख पाइरहने उनले बताए ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा शनिवार बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने लिङ्देनको भनाइ थियो ।

‘निर्वाचन त्यस्तो अवसर हो जहाँ जनताले साँच्चै काम गर्ने मान्छे छान्ने अवसर पाउँछन्,’ उनले भने, ‘असल नीति भएको पार्टी र नेतालाई विजयी गराए जनतालाई सुख हुने र पैसाको प्रलोभनमा परे वर्षौंसम्म पछुताउन पर्ने बताए ।’

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।