
बैशाख ४, कंचनपुर : कञ्चनपुरमा झारफुक गर्ने क्रममा एक महिलाको मृ’त्यु भएको छ ।बेदकोट नगरपालिका–७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया रन्जुला साउदको मृ’त्यु भएको हो।
महिलाको मृ’त्यु भएपछि प्रहरीले दुई जना धामी झाक्रीसहित सात जनालाई शनिबार पक्राउ गरेको छ। धामीझाँक्रीको कु’टपि-टबाट महिलाको मृ’त्यु भएको भन्दै स्थानीय बासिन्दाले घर घेराउसमेत गरेका थिए।
धामीझाँक्रीको कु’टपि’टबाट महिलाको मृ’त्युमा संलग्न भएको आशंकामा प्रहरीले भीमदत्त नगरपालिका–७ का धामीझाक्री धर्मानन्द भट्ट, सोही नगरपालिकाको वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मृ’तककी जेठानी कमला साउद र देवरसहित सात जनालाई पक्रा’उ गरेको छ ।
साउद एकल महिला हुन्। आर्थिक अ’भावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको श’रणमा पुगेकी थिइन्। उनका दुई छोरी रहेका छन्।
महिलाको श’व परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार स्थानीयले घटना हिजो साँझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुु-सन्धानपछि मात्र थाहा हुनेछ ।