२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य यस्तो रहेछ…

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य यस्तो छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घ-टनामा परेका व्यक्तिलाई आफ्नो गाडी रोकेर उद्दार गरेका हुन्।

फोटोमा मान्छे नचिनिए पनि सडकमा दुई वटा मोटरसाइकल लडेको र घा-इते जस्तो देखिएका एक व्यक्तिलाई दुई जनाले उठाउँदै गरेको देखिन्छ। हाम्रो तथ्य जाँचमा यो फोटो पुरानो भएको र त्यसबारे पूरा विवरण नराखी नयाँ सन्दर्भमा भ्रामक सूचनाका रुपमा फैलाइएको देखिएको छ।

कसरी भयो भाइरल ?

फेसबुकमा २ लाखभन्दा बढी फलोअर भएकी इशा गुरुङले शुक्रबार (८ अप्रिल, २०२२) मा ‘दुर्घ-टनामा परेको व्यक्तिलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गाडी रोकेर उद्दार गर्नुभएको छ’ लेख्दै यो फोटो पोस्ट गरेकी थिइन्-

यो पोस्टमा घट-ना कहाँको हो, कहिले भएको हो, केही खुलाइएको छैन। पोस्टमा लेखिएको वाक्य हेर्दा आजभोलि नै कुनै ठाउँमा घ-टना भएको जस्तो बुझिन्छ। यो पोस्टमा मंगलबार दिउँसोसम्म ३ हजार ९ सय रियाक्सन, ३७० कमेन्ट र ९६ पटक सेयर भएको देखिएको छ।

त्यसैगरी रवि लामिछाने फ्यान क्लब नामको झण्डै चार लाख फलोअर भएको फेसबुक पेजमा शुक्रबार नै यही वाक्य र यही फोटो पोस्ट गरिएको छ।

मंगलबारसम्म यो पोस्टमा एक हजारभन्दा बढी रियाक्सन, ७१ कमेन्ट र ३७ पटक सेयर भएको देखिन्छ।

के हो तथ्य ?

हामीले यो फोटोबारे तथ्य खोज्ने क्रममा राजेन्द्र लिङ्देनको फेसबुक प्रोफाइलमा हे¥र्‍यौँ। उनले १७ नोभेम्बर २०२० मा एउटा पोस्ट गरेका छन्, जसमा अहिले भाइरल भएको फोटोसहित थप केही फोटो र भिडियो पनि अपलोड भएको छ।

उनले यो फोटो झापाको हल्दिबारी ४, जलथलमा भएको समेत लेखेका छन्। ‘कहिलेकाहीँ यस्तै दुर्घ-टनामा परी छटप-टाइरहेकालाई उद्दा:र गरी कसैको जीवन रक्षामा सहयोग गर्न पाउँदा भने गौरव लाग्छ’, उनले सो पोस्टमा लेखेका छन्।

यही फोटोसहितको ट्विट पनि उनले त्यही दिन गरेको भेटिएको छ-

तथ्य जाँच

दावी : फेसबुकमा गरिएको पोस्ट अनुसार दुर्घटनामा परेको व्यक्तिलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गाडी रोकी उद्दार गरे।

तथ्य : भ्रामक सूचना। आफूले गाडी रोकी दुर्घ-टनामा परेको व्यक्तिलाई उद्दार गरेको दावीसहितको फोटो र भिडियो लिङ्देनले स्वयं आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।  उनले यो पोस्ट झण्डै एक वर्ष ५ महिनाअघि गरेका हुन्। लिङ्देन राप्रपा अध्यक्ष निर्वाचित भएको भने चार महिनामात्रै भर्खरै नाघेको छ।

फेसबुकमा भाइरल भएको पोस्टमा घ-टना कहिलेको हो भनी खुलाइएको छैन भने लिङ्देनलाई राप्रपा अध्यक्षका रुपमा सम्बोधन गरी भर्खरै भएको घ-टना जस्तो भान गराइएको छ। जबकि यो फोटो लिङ्देन स्वयंले पोस्ट गरेको बेला उनी राप्रपा अध्यक्ष भइसकेका थिएनन्। तसर्थ पुरानो फोटोलाई नयाँ सन्दर्भसित जोडेर भ्रामक सूचना फैलाउन खोजेको पुष्टि हुन्छ।

नोट : यो सामाग्री माइ सांसर डटकममा mysansar.com मा प्रकाशीत छ, यसको सम्पुर्ण अधिकार तथा क्रेडिट माइ सांसरमा निहित छ ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 410 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।