
बैशाख २, काठमाडौं : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः आफू महानगरको मेयर हुने दाबी गर्नुभएको छ ।बिहीबार ईमेज टेलिभिजको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै मेयर दाहालले आफूले पुनः उम्मेदवारी दिने र जित्ने दाबी गर्नुभयो ।
‘यसपटक पनि भरतपुर महानगरमा मेरो दाबी रहन्छ,’ उहाँले भन्नुभयो, ‘उम्मेदवारी दिनेछु र भरतपुरको मेयरमा फेरि पनि विजयी हुनेछु, महानगरको विकास हेरर पनि जनताले मलाई साथ दिनुहुनेछ ।’मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिनुभयो ।
यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो ।‘चितवनका कांग्रेस नेता÷कार्यकर्ताको हिसाबले उहाँहरूको असन्तुष्टि जायज हो,’ उहाँले थप्नुभयो, ‘तर, हामी गठबन्धनमा छौं, त्यसैले गठबन्धनको निर्णय हामीले मान्नुपर्छ ।’
उहाँले देशमा अरू महानगरमा नेकपा (माओवादी केन्द्र)ले दाबी नगरेको पनि स्मरण गराउनुभयो । आफूले चितवनमा राजनीति मात्र भएर विकासका कामहरू प्रशस्तै गरेको उहाँको दाबी छ ।नेकपा (माओवादी केन्द्र)लाई परिवारवादले किन गाँजेको भन्ने प्रश्नको
जवाफमा मेयर दाहालले आफ्नो परिवारले पाएको मात्र नहेर्न आग्रह गर्नुभयो ।‘हामीले पाएको मात्र हेरिदिनु भएन,’ उहाँले भन्नुभयो, ‘हामीले गुमाएका पनि धेरै छौं, उचित शिक्षा र स्वास्थ्य पाएनौं, देशकै लागि परिवारलाई गुमायौं, हामीले पाएको भन्दा धेरै गुमाएका छौं ।’
य्यो पनि : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पाँच दलीय गठबन्धन जोगाउनका लागि भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने तयारी गरिएको बताएका छन् ।नेपालको संविधान जोगाउन केन्द्रस्तरमा गठबन्धन गरिएको स्पष्ट पार्दै सोही आधारमा भरतपुरको मेयर माओवादीलार्इ दिन लागिएको बताएका हुन्।
आज (बिहीबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरागर्दै नेता सिंहले भने–‘अहिलेको अवस्थामा गठबन्धनमा तल माथी गर्न मिल्ने अवस्था छैन, भरतपुर माओवादीलाई दिन पार्टी अगाडि बढेको छ ।’ गठबन्धन भित्रका सबै दलहरु चुनावी तालमेलको लागि लचिलो हुनु पर्नेमा उनले जोड दिए।
महानगर र उपमहानगरपालिकामा कसको उम्मेद्बार हुने भन्ने कुरा केन्द्रले निर्णय गर्ने भएकोले चाँडैनै यस बारेमा टुंगो लाग्ने उनको भनाई थियो । उनले भने, ‘कसले कहाँ उम्मेद्बारी पाउने भन्दा पनि कसरी गठबन्धनलाइ बलियो बनाउन र
धेरै स्थानमा विजय गर्न सकिन्छ त्यो महत्त्वपूर्ण कुरा हो।’
भरतपुरको बारेमा जिल्लाका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाइ भेट गरेर एक किसिमको समझदारी बनिसकेकोले विवाद नरहेको उनको भनाइ थियो।