२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

“केजिएफ च्याप्टर २” पहिलो दिनमै अनलाइनमा लिक भयो, कमाइमा कस्तो असर पर्ला !

बैशाख २, काठमाडौ : बहुचर्चित चलचित्र KGF च्याप्टर २ चलचित्र प्रदर्शन भएको पहिलो दिनमै अनलाइनमा लिक भएको छ। धेरै समयको प्रतिक्षा पछी प्रदशन भएको चलचित्र लिक भएपछी यसको व्यापारमा असर पर्ने भारतीय संचार माध्याम बताउछन ।

यद्दपी लिक भएको भिडियोको क्वालिटी हल प्रिन्ट भएकाले खासै चलचित्रको कमाइमा असर नपर्ने पनि जनाइएको छ . जो पछिल्लो समय भारतिया तथा हलिवोड़ चलचित्र हलमा रिलिज भएकै दिन लिक हुने गर्छन ।

प्रशान्त नील निर्देशित तथा यश स्टारर फिल्म ‘केजीएफ २’ले आँकलन गरिएअनुसार हलमा उल्लेख्य कलेक्शन गरेको छ । फिल्मले पहिलो दिनमै हिन्दी सिनेमामा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउनेको सफलता मात्र हात पारेको छैन, यसले सलमान खान, आमिर खान र शाहरुख खानलगायत ठूला स्टारको

फिल्महरु तथा ‘बाहुबली १’, ‘बाहुबली २’ र ‘आरआरआर’जस्तो ब्लकबस्टर फिल्मलाई पनि पछि पारेको छ । फिल्मले देशभर राम्रो व्यापार गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार, फिल्मले एसएस राजामौलीको आरआरआरको पहिलो दिनको नेट वर्थ छोएको छ ।

फिल्म ‘आरआरआर’ करिब ५५० करोड रुपैयाँमा बनेको फिल्म हो भने फिल्म ‘केजीएफ २’को बजेट डेढ सय करोड मात्रै रहेको छ । चलचित्र ‘केजीएफ २’ लाई दर्शकले अत्यधिक रुचाएका छन् । बिहान ६ बजेदेखि सुरु भएको फिल्मको शो राति अबेरसम्म पनि दर्शकको भीड लागेको थियो ।

प्रारम्भिक तथ्यांक अनुसार फिल्मले हिन्दी संस्करणमा पहिलो दिनको कमाईमा नयाँ कीर्तिमान कायम गरेको छ । देशभर रिलिज भएको फिल्मको हिन्दी संस्करणको कुल ग्रस करिब ६३ करोड रुपैयाँ रहेको छ । यसमा सबै खर्च कटाएर पनि पहिलो दिन यसअघि बनाएको फिल्म ‘वार’को सर्वाधिक कमाईको कीर्तिमान तोडेको छ ।

फिल्म ‘केजीएफ २’ हिन्दीको पहिलो दिनको नेट कमाई प्रारम्भिक तथ्यांक अनुसार ५४ करोड रुपैयाँ रहेको छ । यसअघिको रेकर्ड ऋतिक रोशन, टाइगर श्राफ र वाणी कपूरको हिन्दी, तमिल र तेलुगु रिलिज ‘वार’ को नाममा थियो, जसले पहिलो दिन ५३.२४ करोड कमाएको थियो ।

फिल्म ‘केजीएफ २’ ले पहिलो दिन सबै भारतीय भाषासहित घरेलु बक्स अफिसमा १२८ करोड रुपैयाँ कमाएको छ । यो कमाई राजामौलीको फिल्म ‘आरआरआर’को पहिलो दिनको कमाई बराबर हो ।

फिल्म ‘केजीएफ च्याप्टर २’ ले आफ्नो मातृभाषा कन्नडमा सबैभन्दा बढी ३५ करोड कमाएको छ । यो अहिलेसम्मकै कुनै पनि कन्नड फिल्मको सबैभन्दा धेरै कमाएको रेकर्ड हो । फिल्मले तेलुगुमा करिब ३३ करोड, तमिलमा १२ करोड र मलायालममा करिब ७ करोड रुपैयाँ कमाएको छ । पहिलो दिन फिल्मको कुल कलेक्सन (ग्रस) करिब १५० करोड रहेको बताइएको छ ।

फिल्म ‘केजीएफ – २’को पहिलो दिनको कलेक्शनको प्रारम्भिक प्रवृति अनुसार यसले भारतमा हिन्दीमा रिलिज हुने सबै फिल्मभन्दा धेरै कमाइ गरेको छ । हिन्दी सिनेमामा अहिलेसम्म सबैभन्दा धेरै ओपनिङको कीर्तिमान ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ को नाममा रहेको छ, जसले रिलिजको दिन ५३.२५ करोड कमाएको थियो ।

फिल्म ‘आरआरआर’ हिन्दीले रिलिजको पहिलो दिन १८ करोड मात्रै कमाएको थियो । यसैबीच ‘केजीएफ २’ ले उत्कृष्ट १० ओपनरमा स्थान बनाएपछि यो सूचीबाट सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ बाहिरिएको छ ।

नेपालमा पनि यस फिल्मको क्रेज निकै रहेको छ । कुनै हलमा राति १२ बजेको शो तथा विहान ३ बजेको शो राख्दा समेत दर्शकहरु भरिभराउ थिए । फिल्ममा यशका अलावा सन्जय दत्त, श्रीनीधी शेट्टी, रविना टण्डन, प्रकाश राज लगायत मुख्य भूमिकामा छन् ।

पहिलो दिनमा सर्वाधिक कमाई गर्ने शीर्ष १० फिल्महरु

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 1 Minute 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।