२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

आखिर किन आए त सलमान का भाइ काठमाडौं ?

काठमाडौ : बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौं आइपुगेका छन् । उनी आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको

‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेको आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।

‘बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा हुने पत्रकार सम्मेलनमा सहभागी भएर सोहेल खान साँझ मुम्बई फर्किने छन,’ गुरुङले भने ।

कोरोना महामारीका कारण धराशायी भएको नेपालको पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जन भारतीय कलाकार काठमाडौं आउँदै छन् ।

सलमान काठमाडौं आएका बेला पर्वतीय उडानमा पनि जाने कार्यक्रम छ । नेपालमा हरेक वर्ष सर्वाधिक पर्यटक भारतबाट आउने भएकाले यो कार्यक्रमले घुम्न आउने भारतीयहरुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

२०७९ बैशाख १, बिहीबार प्रकाशित 0 Minutes 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।