
बैशाख १, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले नोट थन्क्याएका कारण देशमा आर्थिक संक-ट उब्जि-एको दाबी गरेका छन् ।
वीरगञ्जमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरुले भ्रष्ट्रा-चार र कमि-सनबाट उठेको पैसा लुकाएको जिकिर गरे ।‘बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्या-उनु हो ।
नेताहरुले कमिशन र भ्रष्ट्रा-चारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका छन्,’ उनले भने । अध्यक्ष लिङ्देनले नेपालमा नोट छापिएपनि बैंकमा पैसा नहुनु सामान्य कुरा नभएको बताउदै यस्तो समस्या समाधान गर्न आगामी निर्वाचनमा राप्रपालाई भोट दिएर जिताउनु पर्ने उल्लेख गरे ।
नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्कि-एको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ? उनले प्रश्न गरे ।
उनले नेताहरुको घरमा कमिशन र भ्रष्ट्रा-चार गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा आम्दानीको स्रोत खुलाउनु पर्ने भएकोले आफ्नै घरमा राख्न बाध्य भएको जिकिर गरे ।
यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुप¥र्यो । नभएपछि बोरामा राख्नुप¥र्यो । बाकसमा राख्नुप¥र्यो । आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ उनले भने ।