२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

साउदी बाट २५ लाख बढी सुन पाइन्ट भित्र लुकायर ल्याउने एयरपोट मै पक्राउ !

काठमाडौं : साउदी अरेबियाबाट आएका तीन जना नेपाली सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प’क्राउ परेका छन्। विमानस्थल सुरक्षा गणले शनिबार एयर अरेवियाको उडानद्वारा

सारजाहाबाट काठमाडौं आएका रसुवा नौकुण्ड-१ का ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड-६ २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङलाई सुनसहित निय-न्त्रणमा लिएको हो।

शंकास्पद गतिविधि देखाएपछि विमानस्थलको आगमन टनेल गेटमा निय-न्त्रणमा लिई जाँच गर्दा सुनको सिक्रीहरु अवै-ध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको विमास्थल सुरक्षा गणले जनाएको छ।

तीनै जनाको जिन्स पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई राखिएको दुई/दुई थान सुनको सिक्री फेला परेको थियो।
तीनै जनासँग फेला परेको ६ थान सुनको तौल समान ९९.९६/९९.९६ ग्राम रहेको छ।

९९.९६ ग्राम सुनको मूल्य ८ लाख ५३ हजार २०८ रुपैयाँ हुन आउँछ। तीनै जनाको जोड्दा मूल्य २५ लाखभन्दा बढी हुन्छ। बरामद सुनको सिक्रीसहित उनीहरुलाई थप अनु-सन्धान एवं आवश्यक कार-बाहीको लागि भन्सार कार्यालय बुझाइएको छ।

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 1 Minute 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार