२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

टिकटक बनाउँदा सेतीमा खसेर नवविवाहित पवित्रा लम्साल बे’पत्ता !

काठमाडौं : तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बे’पत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बे’पत्ता भएकी हुन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनी सहित दुई जना साथी पनि थिए । लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।

नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बे’पत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बे’पत्ता भएकी छन् । लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 1 Minute 501 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।