
चैत २८, काठमाडौं : पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् ।
विदेशबाट आएको कालो धन रोक्न नेपाल राष्ट्र बैंकका
गभर्नर महाप्रसाद अधिकारीले कदम चालेपछि रुष्ट बनेर अर्थमन्त्री शर्माको सक्रियतामा सरकारले अधिकारीलाई निल-म्बन गरिएको खतिवडाको भनाइ छ । पूर्वअर्थमन्त्री एवम् गभर्नर खतिवडाले गभर्नरलाई का-र्वाही होइन अर्थमन्त्री जनार्दन
शर्माको राजीनामा आउनु पर्ने स्पष्ट पारेका छन् ।
अझै तीन वर्ष कार्यकाल बाँकी रहेका गभर्नर अधिकारीमाथि व्यक्तिगत स्वार्थका निम्ति कुनै छलफल र परामर्शबिना सरकारले निलम्बन गरेपछि चौतर्फी आ-लोचना भइरहेको छ ।
अर्थमन्त्रीको ठाडो आदेशले निलम्बन गरिएको यो पहिलो घटना हो । राष्ट्र बैंकको स्वायत्ततामाथि अहिलेको सरकारले गम्भीर रूपमा हस्तक्षेप गरेको छ । पूर्वअर्थमन्त्री खतिवडाले भने, अर्थमन्त्रीले आफ्नो कमजोरी लुकाउन
गभर्नरलाई बलिको बोको बनाएका हुन् । अर्थतन्त्रको सम्पूर्ण जिम्मे-वारी लिने दायित्व अर्थमन्त्रीको हो । अहिलेको अवस्थामा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ ।
अधिकारीले खस्किएको अर्थतन्त्र उकास्न सकारात्मक कदम चालिरहेको खतिवडाको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा नियुक्त गरेको मान्छेले राम्रो काम गर्यो भनेर प्रति-शोध साध्नकै लागि अर्थमन्त्रीको ठाडो आदेशमा
सरकारले निर्णय गरेको देखिन्छ । खतिवडाले भने, गभर्नरमाथि अर्थमन्त्रीले सार्वजनिक रूपमा सूचना चुहाएको भन्दै गालीगलौज गरेका छन् । सार्वजनिक रूपमा गभर्नरलाई गाली गर्ने, छानबिन गर्ने, निलम्बन गर्ने कार्यले देशको आर्थिक स्थिति र वित्तीय प्रणालीलाई थप अस्थिर बनाउनेछ ।