२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

अध्यक्ष ओली भन्नुहुन्छ : देशकाे अवस्था यस्ताे छ, सरकारले तलब–भत्ता नदिए अनाैठाे मान्नुपर्दैन !

चैत २८, काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलङ्काको जस्तै बन्न लागेको टिप्पणी गर्नुभएकाे छ ।

आज आइतवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तै बन्न लागेको बताउनुभएको हो ।

उहाँले केही समयपछि कर्मचारीले तलब पाएनन् र ज्येष्ठ नागरिकले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो । देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुङ्गाको काप फोरेर उम्रिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलङ्का बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईँहरूले तलब पाउनुभएन भने अनौठो नमान्नु होला ।

जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन । योजनाहरू, आयोजनाहरु काटिएका छन् । देश यस्तो अवस्थामा पुग्दा पनि गठबन्धन आनन्दमा छ ।’
एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बरबाद बनाउँदै लगेकाे आ-राेप लगाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘देश बरबाद बनाउँदैछन् गठबन्धनवालाहरूले । अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेल्ड स्टेटतिर जाने अवस्था आउँदै छ । श्रीलङ्काकाे कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन ।

अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ । कारोबारहरू उतै भुक्तानी हुन्छ । देशभित्र पैसा हुँदैन । चरम भ्रष्टता भएको छ । यो कुरा सरकारमा बस्नेहरू र गठबन्धनवालाहरूले बुझेकै छैनन् ।’ अध्यक्ष ओलीले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरूलाई आग्रह पनि गर्नुभयो । उज्यालो

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार