२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

सभामुख निष्पक्ष नबन्दा संसद् अ’वरुद्ध गर्नुपर्याे : अध्यक्ष ओली !

काठमाडौं : प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अ’बरुद्ध गरिएको बताउनुभएको छ ।

नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अ’वरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो ।आफ्नो नेतृत्वमा गठन भएको

सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो ।आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । “हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन”, उहाँले भन्नुभयो ।

एमालेलाई वि’भाजनको खासै असर नपरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।” अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौँबाट यहाँ आइपुग्नुभएको हो ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार