२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

बधाई ! पुष्पा बानियाँले पुरुष प्रतिष्पर्धीलाई पछि पार्दै इन्स्पेक्टरमा १ नम्बरमा नाम निकालिन् ।

काठमाडौँ : सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार परीक्षामा उत्तीर्ण व्यक्तिको नाम बिहीबार सार्वजनिक गरेको छ।

विज्ञापनअनुसार परीक्षामा ४९ जना उत्तीर्ण भएका छन्। खुलामा ४२ जना उत्तीर्ण भएका छन्। परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक युवतीको नाम चर्चामा आएको छ। उनी हुन् ललितपुरकी पुष्पा बानियाँ ।

उनले सशस्त्र प्रहरी बल नेपालको इन्स्पेक्टरमा नाम निकालेकी छन्। अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै बानियाँले १ नम्बरमा नाम निकालेकी हुन्।

पुष्पाबाहेक खुलाबाट छनोट हुनेमा अन्य सबै पुरुष प्रतियोगी छन्। उनले ललितपुरकै प्रसादी एकेडेमीबाट कक्षा १२ र भक्तपुरको सैनिक कलेज सल्लाघारीबाट बिबिए गरेकी छन्।

नतिजाअनुसार ४२ जना खुला, ४ जना महिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनोट भएका छन्। – देश संचारमा खवर छ ।

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 418 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।