२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

विद्यालयको तस्विर फेसबुकमा भा’इरल, यस्तो छ भित्री रहस्य…

काठमाडौं : दार्चुलाको नौगाड गाउँपालिकामा रहेको एक विद्यालयको तस्विर यतिबेला समाजिक संजाल फेसबुकमा भा’इरल बनेको छ । तस्विरमा धेरैले विभिन्न प्रकारका टिकाटिप्पणी गरेको पाइन्छ । सो तस्विर नौगाड गाउँपालिकाको

वडा नं.६ परीगाँउमा रहेको समौजी आधारभूत विद्यालयको तस्विर हो ।विद्यालय भवनमा नभइ त्रिपालको टेन्ट बनाइराखेको अवस्थामा खिचिएको भा’इरल तस्विरको बारेमा बुझ्दा सोही विद्यालयका शिक्षहरुसंग फोन सम्पर्क हुन सकेन् भने वडा नं.६का वडा अध्यक्ष गोरे धामीले

विद्यालयको पूरै भवन गत वर्ष श्रावण ४ गते आएको परीगाउँ खोलाको बाढीले बगाएको र हाल अस्थायी रुपमा टेन्टको ब्यवस्था गरि अध्यायपन गराइराखेको बताए । उनले भने पोहर देखि हालसम्म विद्यालयलाई आफ्नै गाउँपालिकाले पनि नहेरेको र सो टेन्ट पनि रेडक्रस सोसाइटिले उपलब्ध गराएको बताए ।

सोही बारेमा गाउँपालिका सूचना अधिकृत तथा शिक्षा शाखा प्रमुख प्रेमराज जोशीसंग बुझ्दा बाढीले बगाएपश्चात अस्थायीरुपमा टेन्ट मार्फत विद्यालय संचालन भइरहेको जानकारी दिए । त्यस्तै गाउँपालिकाका कार्यकारी अधिकृत प्रितमसिंह ठगुन्नाले विद्यालयको अवस्था अत्यन्तै नाजुक भएको हुँदा यस वर्ष भवन निर्माणका लागि टेण्डर आह्वान पक्रिया भएको बताए ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।