
चैत २४, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफा-इड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५
देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइ-फाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले को-भिड सङ्क्र-मण नि’यन्त्रणमा सफलता
पाएजस्तै टाइ-फाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभा-न्वित हुने उल्लेख गरे । उनले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी
त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, ‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारीसाधनसमेत सञ्चालन गरिएका छन् ।
आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ । प्राकृतिक रूपमा सुन्दर राजधानी काठमाडौँमा फोहरको समस्याले सौन्दर्यतामा ह्रास आउनुका साथै अनेक रोगको सङ्क्र’मण फैलने जो-खिम रहने हुँदा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वि-रोध खतिवडाले को-भिड रोग निय’न्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एशियामा नेपालले पहिलोपटक टाइ’फाइड रोगवि-रुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिए ।