२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

फेरी दुबई मा परे दश नेपाली युवा अलपत्र !

२४ चैत, जनकपुरधामा : चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन

सहयोग मागेका छन् । ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अल-पत्र परेका हुन् । सिरहा, धनुषा, रौतहटका ती युवाहरु सुफी इन्टरनेशनल सर्भिस प्रालिबाट दुबई गएका थिए ।

स्काफोल्डिङको कामका लागि भन्दै म्यानपावरले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर दुबई पठाइएको सिरहाका रामवृक्ष महराले सामाजिक सञ्जालमार्फत अनलाइनखबरलाई बताए । महराका अनुसार उनीहरुसँग विजय यादव नामका एजेन्टले रकम लिएका थिए ।

दुबईको अबुधाबीमा तम्याज कम्पनीमा काम गर्न भन्दै पठाए पनि उनीहरुद्ये काम पाएका छैनन् । ‘यहाँ आएको चार महिना भइसक्यो, काम आज दिन्छु, भोलि दिन्छु भन्दै टारिरहेका छन्’ उनले भने, ‘४ महिना खानका लागि एक जनालाई ६ सय रुपैयाँ दिइएको छ । तर, एक महिनाको खाना खान नै ३५० रुपैयाँ तिर्नुपरिरहेको छ । हामी भो-केभोकै यहाँ बस्नुपरेको छ ।’

काम नदिए घर पठाइदिन आग्रह गर्दा समेत नमानेको सिरहा नगरपालिका- ६ घर भएका महराले बताए । ‘काम नदिए घर पठाऊ भन्दा पनि मानिरहेका छैनन्’, उनले भने, ‘रमजानपछि काम दिन्छु भनिरहेका छन् । तर यत्रो दिन के खाएर बस्ने ?’

काम नपाएको बारेमा म्यानपावर कम्पनीमा धेरै पटक फोन गरेर जानकारी गराउँदा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले आफूहरुलाई कुनै तरिकाले स्वदेश फर्काइदिन अपिल गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका- ४ का बबिचन दास र सुरेश दास, वडा नम्बर ५ का विशाल महरा, सिरहा ६ का रामबृक्ष महरा, सिरहाकै गोलबजार नगरपालिका-२ का रवीन्द्र मोची, वडा नम्बर ९ का श्रवण महरा, धनुषाको शहीदनगर

नगरपालिका-२ चोरा कैलपुरका राकेश महरासहितका व्यक्ति काम नपाएर अल-पत्र परेका छन् । ‘न काम दिएको छ, न त खान नै दिन्छ । बबिचन दासले भने, ‘खान माग्दा पैसा पनि दिदैन् । कम्पनीमा पैसा माग्दा कम्पनीका मान्छे धम्क्या-उन आउँछ । हामी अलपत्र परेका छु । कृपया स्वदेश बोलाइदिनुस् ।’ अनलाइन खबर बाट

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।