२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

अध्यक्ष लिङ्देन भन्नुहुन्छ – भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो ।

बागलुङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । यहाँ आज आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने

माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए । “भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो”, उनले भने ।

राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे । राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उनले बताए ।

गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने भन्दै अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पु¥याउन मतदातासँग आग्रह गरे ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार