
चैत २३, काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताएका छन् ।
बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताएका हुन् । उनले भनेका छन्, ‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन ।
कुनै–कुनै ठाउँमा कुनै–कुनै दिन पिक आवर र प्रसारण लाइनमा समस्या हुँदा एक-दुई घण्टा विजुली काटिन्छ । बाँकी कही कतै लोडसेडिङ छैन ।’त्यस्तै घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विजुली आपूर्तिमा
देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निशाना साँधेको बताएका छन् । निजी क्षेत्रले विजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्ण रुपमा
राजनीतिक कुरा मात्रै भएको बताए । त्यस्तै उनले उद्योगीहरुले आफ्नो वि-रोध गरेको भन्दै अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गरेका छन् ।