२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

विदेशबाट आउँदै हुनुहुन्छ ? यी हुन् भन्सार नतिरी ल्याउन पाइने मोबाइल र समानको लिस्ट !

काठमाडौं : विदेशबाट फर्कने नेपालीहरुमा कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएका कारण अपरिचित व्यक्तिले ललाई फकाई विभिन्न सामाग्रीहरु नेपाल पठाउने गरेको पाइएको छ ।

मंगलबार मात्रै त्रिभुवन विमानस्थलमा विदेशबाट आएका मानिसहरुबाट अवै’धरुपमा भित्रिएको करोडौं मूल्य बराबरको सुनका वालाहरु बरा-मद भएको छ । धेरै जसो विदेशबाट फर्किएका कारमदारहरुलाई सामान्य पैसा दिएर अवै-धरुपमा

सुन भित्र्याउने गरिएको पाइएको छ । जसमा सोझसाझा कामदारहरु फस्ने गरेको छन् । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकहरुले व्यक्तिगत प्रयोगका लागि आफू आएँदा ल्याएको वा आफू आउनु अघिपछि पठाएको सामानमा भन्सार छुट गरेको छ ।

यात्रुले तोकिएको परिणाम भन्दा बढी सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार सङख्या बसेको मुलुक र समयाविधलाई ध्यानमा राखी कार्यालयले महसुल जाँचपास गराउने कार्यालयले जनाएको छ ।

धेरैलाई विदेशबाट फर्किदा के के ल्याउन पाइन्छ भनेर थाहा नभएको पनि हुन सक्छ । जसलाई मध्यनजर गर्दै यहाँ हामीले विदेशबाट फर्किने मानिसहरुले के के ल्याउन पाइन्छ भनेर उल्लेख गरेका छौँ ।

विदेशबाट नेपाल फर्किने यात्रूहरुले यी सामानहरु भन्सार नतिरी ल्याउन पाउँछन् । ती समानहरु के के हुन् –

१) व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्राम देखि २०० ग्रामसम्म चाँदीको गहना ५०० ग्रामसम्म र एक लाख रुपैयाँसम्मको जवाहिरात जडित सुन वा चाँदीको साथमा ल्याएका गहना

२) व्यक्तिगत ट्याबलेट वा ल्यापटप मोबाइल, क्यामेरा, भिडियो क्यामेरा, घडी, कम्प्युटर, सेलुलर, पेनड्राइभ थान
३) लुगाफाटा, बिछ्रयौना घर गृहस्थीका सामान
४) औषधी उपचार गरेर फर्किएका बिरामीले ल्याएका औषधी
५) शारीरीक रुपमा अशक्त यात्रूले सहाराका रुपमा ल्याएका सामान

६) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक थान
७) पेशागत यात्रुले प्रयोग गर्न ल्याएको सामानहरु जस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुदका सामान भलिबल,ब्याटमेन्टन, गायकहरुको हार्मोनियम,गितार तबला जस्ता सामानहरु आदि ल्याउन पाउनेछन् ।

८) मदि-रा १ लिटरसम्मको बोतल १ वटा सम्म ल्याउन पाइने भन्सार कार्यालयले जनाएको छ । सरकारले तोकेको परिणाम भन्दा बढी सामान ल्याएमा जफत हुने कार्यालयले जनाएको छ ।

भन्सार महसुल तिरेर ल्याउन पाइने सामानहरु

१) टिभि, म्यजिक सिस्टम, रेफ्रि-जेनेरेटर,वासिङ मेसिन, पङ्खा,रेडियो एक सेट
२) लुगाफाटा, जुत्ता, कस्मेटिक आदि १५ थान
३) घरायसी प्रयोगको सामान मिक्चर,जुसर, सिलाइ मेसिन, गस टेबुल, इस्त्री,राइस कुकर आदि दुई थान
४) खाद्य सामान १० किलोसम्म
५) डाक्टर र इन्जिनियर जस्ता यात्रुको दक्षता वृद्धिको लागि आवश्यक सामान दुई थानसम्म लयन पाइने छ ।

-आर्थिक न्युज बाट

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 722 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।