२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

अध्यक्ष ओली भन्नुहुन्छ – नेपाली हिरोइन् जति राम्री दुनियाँमै छैन ।

काठमाडौ : प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् । सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास

बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालकाे जस्ताे राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरे । ‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ?

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन । नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिँदैन ।’यसअघि अध्यक्ष ओलीले नेपाल कला र संगीतको पवित्र भूमि रहेको पनि बताए ।

‘यो ठाउँ यो ठाउँ कलाको ठाउँ हो । संगीतको ठाउँ हो । नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन,’

ओलीले भने ।अध्यक्ष ओली यत्तिमा मात्र अडिएनन् महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि प्रशंसा गरे । देवकोटाजस्तो कवि संसारमा नभएको उनको भनाइ थियो । अध्यक्ष ओलीले देवकोटाका कविताले नोबल पुरस्कार पाउनुपर्ने तर्कसमेत प्रस्तुत गरे ।

‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन । उनका कविताले किन पाउँदैनन् नोबल पुरस्कार ? हामीले एप्लाई नगरेको हुन सक्छ । महत्व नबुझेको पनि हुन सक्छ । आफैलाई नपत्याएको पनि हुन सक्छ,’ अध्यक्ष ओलीले भने ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार