२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

लेटाङका मेयर शंकर राईद्धारा नगरपालिकाको गाडी फिर्ता !

चैत २२, काठमाडौं : लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आफुले चढ्ने नगरपालिकाको सरकारी गाडी नगरपालिकालाई बुझाउनुभएको छ ।

नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाललाई गाडिको चावि हस्तान्तरण गर्दै मेयर राईले सरकारले स्थानीय तहको चुनाव घोष’णा गरिसकेको र आफु यस क्षेत्रको नेपाली कांग्रेस पार्टीको क्षेत्रिय सभापति भएका

कारणले आफ्नो क्षेत्रमा पर्ने ४ वटा स्थानिय तहमा पार्टीको काममा ख’टिनुपर्ने भएकाले नगरपालिकाको गाडी नगरपालिकाका फिर्ता गरेको बताउनुभयो । उहाँले जनताको कामका लागि मात्र सरकारी गाडी प्रयोग गर्नुपर्ने भएकाले आफुले गाडि फिर्ता गरि पार्टीलाई ४ वटै तहमा बिजय गराउन लागि पर्ने वताउनुभयो ।

स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएपछी जिम्मेवार जनप्रतिनीधीहरु द्वा’रा निर्वाचनमा गाडीको दुरु’पयोग नहोस भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको नगरप्रमुख राईले वताउनुभयो ।

यस्तै लेटाङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तोष कार्की र वडा नं. ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले पनि आफु चढिरहेको मोटरसाईकल नगरपालिकालाई बुझाउनुभएको छ ।

कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने गाडीहरु चुनावी कार्याक्रममा प्रयोग नहुने भएकाले गाडी फिर्ता गरिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । लेटाङ नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले राज्यको सम्पती चुनावमा दुरु’पयोग नहोस भनेर फिर्ता गरिएको वताउनुभयो ।

यस्तै वडा नं. ६ का वडा अध्यक्ष जंगवीर तामाङले समेत आफुले प्रयोग गरेको मोटरसाईकल फिर्ता गरेको वताउनुभयो । केही समय अघि म्याङलुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाम्फे , उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो, झापा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिंदेनले समेत आफुले चढ्ने गाडी फिर्ता गरिसक्नुभएको छ ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।