२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

सेवाग्राही भन्छन् – अनलाइन बाट इ-पासपाेर्ट: पासपाेर्ट पाउन झनै सास्ती !

काठमाडौ : भोजपुरका दीपक तामाङ पासपोर्ट बनाउनका लागि भनेर काठमाण्डौ आएको एक महिना भयो । तर, अझै पासपोर्ट उहाँको हातमा पर्ने लक्षण छैन । कारण उहाँको एक पटक भरेको फर्म र-द्द भएर फेरि भर्नुपर्यो ।

अहिले पनि मेसेज आएको छैन । ‘मेसेज आउला कि भनेर राति नि-द्रामा पनि झस्केर उठ्छु’ तामाङ भन्नुहुन्छ, ‘गाउँ जाउँ भनेको फेरि मेसेज आयो भने तुरुन्तै आउनु पर्छ भनेर जान सकिएको छैन । काठमाण्डौमा बसेर खाएरै पैसा सकिइ सक्यो ।

तनाव छ हजुर ।’मोरङकी टीकादेवी भण्डारीको पनि मेसेज आएन । उहाँ पनि फर्म बिग्रि-एपछि सच्च्याउने र के कारणले मेसेज आएन भनेर थाहा पाउन लाइनमा उभिनुभएको छ ।
यो घाममा कति लाइन बस्नु । छोडेर गयो नाम आउला कि भन्ने लाग्छ’ भण्डारी भन्नुहुन्छ, ‘अघि एकछिन गर्मी भएर छोडेर गएको नाम बोलायो भन्थे साथीहरुले ।

अहिले भन्दा अघि बोलाको हो अब एकछिन पख्नुस भन्छन् ।’ के कारणले मेसेज आएन भनेर भण्डारी व्य-ग्र प्रतिक्षामा हुनुहुन्छ । भन्नुहुन्छ, ‘यहाँ धाएको नै दश दिन जति भयो ।’

सुनसरीकी आकृति पोखरेललाई राष्ट्रिय परिचय पत्र बनाउन नै मुश्किल पर्यो । उहाँले राष्ट्रिय परिचय पत्र सुनसरीबाट बनाउन खोज्नु भएको थियो । उहाँलाई केही समय कुर्न भनियो । पछि सम्बन्धित मान्छेले बिरामी भएर म त अस्पतालमा छु भनेपछि उहाँ काठमाण्डौ आउनु भएको हो । ‘

मैले सुनसरीमा सात दिन कुरें राष्ट्रिय परिचय पत्र बनाउनकै लागि तर, भएन त्यसपछि काठमाण्डौ आएको हो’ पोखरेल भन्नुहुन्छ, ‘पासपोर्टको कुरा सम्झियो कि मलाई त्यो सात दिनले सताउँछ ।’ उहाँको गु-नासो छ, ‘मेरो त पठाओमा आउँदा जाँदा नै पैसा सकिइसक्यो हो ।

चाँडो पासपोर्ट चाहिएर आएको यो हालत छ ।’रुकुम पश्चिमकी सोनी रोकायाले सात दिनअघि पासपोर्ट प्राप्त गर्नुभयो । पासपोर्ट पाउनेबित्तिकै खुशी हुनुभएकी उहाँलाई राहदानी विभागले सन्देश (मेसेज) पठाएर विभागमा सम्पर्क गर्नका लागि भन्यो । विभागमा सम्पर्क गर्दा थाहा भयो पासपोर्टमा जन्म मिति गलत परेको रहेछ । मिति सच्च्या-एर पासपोर्ट पाउन अब फेरि सात दिन कुर्नुपर्ने भयो । त्यो भन्दा पनि अब पाँच हजार रुपैयाँ थप पनि तिर्नुपर्ने रहेछ’ रोकाया भन्नुहुन्छ, ‘होइन यो के दशा आइलाग्यो !’ राहदानी विभागले राहदा-नीका लागि सन्देश प्राप्त भएको दुई कार्यदिन लाग्छ भने पनि राहदानीका लागि लाम लागेका धेरैले सजिलै पाउन नसकेका गुनासो गरेका छन् ।

‘मेसेज कुर्दा कुर्दै समय बित्छ । मेसेज आउँछ भनेर कु-र्दाकुर्दै पन्ध्र दिन बितिसक्यो । मेसेज आएको छैन’ रौतहटका हजरत अन्सारी भन्नुहुन्छ, ‘छोडेर कुनै काममा लागौं मेसेज आउला कि फेरि के गर्ने भन्ने जस्तो लाग्छ । कुरौं कति कुर्ने ।’

त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्टको लागि दिनहुँ यस्तै घु-ईंचो लाग्छ । विभागले छिट्टै समस्या समाधान हुन्छ भनेको महिना दिनभन्दा बढी भैसक्दासमेत अवस्था उस्तै छ ।

कोरियाका कारण भिड

राहदानी विभागका प्रवक्ता शरदराज अरन अहिले विभागमा देखिएको भिड कोरियाको ईपीएस खुलेका कारण भएको बताउनुहुन्छ । ‘विभागले बोलाएको समयमा नआइ बिहानैदेखि मानिस आउने गरेका कारण भिड बढको हो’ अरन भन्नुहुन्छ, ‘तोकिएको समयमा मान्छे् आउने हो भने भिड हुँदैन । पाँच हजार मान्छे एकै पटक आएपछि त विभागमा पनि भिड हुन्छ । उभिने ठाउँ पनि हुँदैन ।’

इपीएसको म्याद अप्रिल ४ अर्थात आउँदो २१ गतेसम्म रहेकोमा भिड बढेको र त्यसपछि घ-ट्ने उहाँ बताउनुहुन्छ । फारम भर्दा त्यसमा मिति तथा समय उल्लेख गरिएको हुने हुँदा तोकिएको समयमा मात्र विभागमा आएर काम गर्न सहज वातावरण बनाइ दिन पनि उहाँको आग्रह छ ।

‘धेरै जना तोकिएको समयमा नआइ बिहानैदेखि आएका कारण अहिले हामी बिहान सात बजेदेखि काम गरिरहेका छौँ’ उहाँको गुनासो छ, ‘दुई बजे बोलाएको मान्छे बिहान आउँछन् । पछि आउनुस भन्दा होइन आइसकियो अब यतै बस्छौँ भनेपछि हामीले पनि के गर्ने ।’

हाल विभागले दैनिक दुई हजार पासपोर्ट वितरण गरिरहेको छ । ‘अहिले जिल्लाबाट पूर्ण क्षमतामा पासपोर्ट वितरण भएको छैन’ अरन भन्नुहुन्छ,‘जिल्लाहरुमा कुरा गर्दा जनशक्ति कम छ भन्छन् त्यसैले विभागमार्फत गृहमा पत्राचार गरेर जिल्लामा एक/एक जना भए पनि कम्प्युटर अपरे-टर थप्न अनुरोध गरेका छौँ ।’

जिल्लाहरुमा एक एक हप्तामा पासपोर्ट पठाए पनि जनशक्तिको अभावमा त्यसको वितरण हुन सकेको छैन । हाल जिल्लाहरुमा दैनिक ३०/४० वटा मात्र पासपोर्ट वितरण भइरहेको छ । जिल्लाबाट कम राहदानी वितरण भएका कारण पनि विभागमा भिड बढेको प्रवक्ता अरनको भनाइ छ ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार