२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

म्यादी प्रहरीको कोटा थप, लिखितमा फालिएकालाई अन्तर्वार्ताका लागि बोलाइयो !

चैत २१, काठमाडौ : बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तीममा आएर कोटा थप गरिएको हो ।

प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए ।

सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पीकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ । लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए ।

उनले भने,‘हामीले लिखित परिक्षामा ल्याएको नम्बरका आधारमा उनिहरुलाई अन्तरवार्ताका लागि बोलाएका छौँ । यसअघि लिइएको अन्तरवार्ताको नतिजा र भोली लिइने अन्तरवार्ताको नतिजा एकै पटक अन्तीममा प्रकाशित गर्ने छौँ ।’

२०७८ चैत्र २१, सोमबार प्रकाशित 0 Minutes 352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।