२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

देश फर्किने भन्दा देश छोड्ने बढे, वैदेशिक रोजगारमा महिलाको रोजाईम यी देश !

चैत २०, काठमाडौं : सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ ।

अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कूल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् ।

पछिल्लो तीन महिनामा टिआइएबाट आवतजावत गर्नेमध्ये २ लाख ७ हजार ६९५ जना नेपाल फर्कनेहरु छन । सोही अवधिमा २ लाख ८५ हजार ४८ जना नेपाली अध्ययन, रोजगारी लगायतका कारण विभिन्न देश गएका छन ।

गत मार्चमा मात्र ८० हजार ७३३ जना नेपाली स्वदेश फर्केका थिए भने ९५ हजार ५५५ जना टिआइए हुँदै विभिन्न देश गएका थिए ।

२०२२ जनवरीमा एक लाख ५ हजार ९७२ जना नेपालीले देश छोडेका थिए । सोही अवधिमा ७२ हजार ५२४ जना स्वदेश फर्केका थिए । गत फेब्रुअरीमा ५४ हजार ४३८ जना नेपाली स्वदेश फर्केको र ८० हजार ५२१ जना विभिन्न देश गएको विभागको तथ्याङ्कले देखाउँछ ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।