२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

पुनः सवारीसाधनको भाडामा १५ प्रतिशतसम्मले वृद्धि !

चैत २०, काठमाडौं : युक्रेन रुस यु-द्धका कारण इन्धनको मुल्य आकासिएर आएपछी देशैभर अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि भएको छ।

यातायात व्यवस्था विभागले आइतबार (आज)देखि लागु हुने गरी भाडादर समायोजन गरिएको जनाएको छ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै विभागबाट गठित भाडा समायोजनसम्बन्धी समितिले सार्वजनिक यातायात सेवा सञ्चालनको कूल लागतमा इन्धन

खर्चको योगदान प्रतिशतका आधारमा भाडामा हुनुपर्ने समायोजनाका सम्बन्धमा प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनअनुसार विभागले गरेको प्रस्ताव चैत १७ गते मन्त्रीस्तरको निर्णय र भौतिक पूर्वाधार तथा

यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमती समेतका आधारमा भाडादर समायोजन भएको विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारीमा १० प्रतिशतले भाडा वृद्धि भएको छ ।

भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ प्रतिशतले भाडा वृद्धि भएको छ र तराईंको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशतसम्मले भाडा वृद्धि भइ समायोजन गरिएको छ ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।