२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

१३ दिनमा आजसहित ११ पटक बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो ?

काठमाडौ : अन्तर्राष्ट्रिय बजारमा पेट्रोल तथा डिजेलको मूल्य लगातार बढिरहेको छ । भारतमा मात्रै पेट्रोलको मूल्य १३ दिनमा ८ रुपैयाँ प्रतिलिटर बढेको छ ।

भारतीय तेल कम्पनीले आज (आइतवार) दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसा भारु बढाएका छन् । इन्डियन आयल कर्पोरेशनका अनुसार मुम्बईमा पेट्रोल

१ सय १८ रुपैयाँ प्रति लिटर पुगेको छ भने डिजेलको मूल्य १ सय २ रुपैयाँ प्रति लिटर पुगेको छ । यस्तै दिल्लीमा एक लिटर पेट्रोलको मूल्य १०३.४१ भारु पुगेको छ भने डिजेलको मूल्य प्रति लिटर ९५ भारु पुगेको छ ।

भारतीय बजारमा पछिल्लो १३ दिनमा ११ पटक पेट्रोलको मूल्य बढेको छ । २२ मार्चदेखि ३ अप्रिल (आज)सम्ममा ११ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको हो । #पेट्रोलियम पदार्थको मूल्य वृद्धि !

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।