२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

नेपाली कामदार समस्यामा – यी देशहरूमा श्रम स्वीकृति रोकिन सक्न !

काठमाडौ : रुस–युक्रेन यु’द्धका कारण अ’सुरक्षा बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि सेसेल्स, क्रोएसिया र मोरिससको श्रम स्वीकृति रोकेको छ ।

वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचलले मन्त्रालयको निर्देशनअनुसार ती मुलुकमा जाने नेपाली कामदारको श्रम स्वीकृति रोकेको बताएको छ ।

ती मुलुकमा संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली कामदार जाने गरेका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा जाँदा जोखिम बढी रहने सरकारी तथा गैरसरकारी अध्ययनहरूले देखाउने गरेको छ ।

मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी रहेको अवस्थामा उनीहरूमार्फत नै पठाउनु उपयुुक्त हुने राय मन्त्रीसमक्ष पुगेको बताइएको छ ।

२०७८ चैत्र १९, शनिबार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।