२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

थाइल्यान्डमा ठूलो दु-र्घटनाबाट बच्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं : नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दु’र्घटनाबाट बचेको छ । काठमाडौंका लागि उड्न तयार भएको जहाज रन वेमा दौडिरहेका बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएका थिए ।

जहाजमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटका अनुसार पाइलटको अत्यन्त सुझबुझका कारण जहाज ठूलो दु’र्घटनाबाट बचेको छ ।“जहाज दौडिरहेको थियो,” उनले भने, “दुवैतर्फका

टायर पन्चर भएको पाइलटलाई जानकारी भएछ ।
त्यसपछि उहाँले रोक्नुभयो । हामी ठूलो दु’र्घटनाबाट बच्यौँ ।”उनका अनुसार सबै यात्रुलाई बाहिर निकालिएको छ भने जहाज मर्मतपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

“टायर परिवर्तन गरेर ल्याउने भनेर जानकारी गराइएको छ,” उनले भने । नेपाल एयरलाइन्सको आर ए ४०२ दुर्घटनाबाट बचेको हो ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 0 Minutes 350 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।