२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

प्रधानमन्त्री देउवा ३ दिने भारत भ्रमणमा !

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि 50 जनाको जम्बो टोलिको नेतृत्वमा आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो ।

प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुग्नुभएको थियो । उहाँ भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ ।

त्यसपछि उहाँ चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नुहुने छ । प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्नुहुने छ । त्यसपछि उहाँ नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।