
चैत १८, काठमाडौं : इन्धनको ढुवानी ठप्प पारेर व्यवसायीले आन्दो-लन सुरु गरेका छन् । आन्दो-लनका कारण मुलुकभर इन्धनको हाहाकार मच्चिने सम्भावना बढेको छ ।
युक्रेन रुस यु-द्धका कारण इन्धनको मुल्य आकासिएर आएपछी बढ्दो घा-टा झेल्दै आएको निगमले इन्धन तथा ग्यास बिक्री बापतको कमिसन रोकेको थियो । क-मिसन नपाएको बिरो*धमा व्यवसायीहरुले आज
(शुक्रबार)देखि पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको ढुवानी रोकेका हुन् । सरकारले कमिसन नबढाएको विरो’धमा व्यवसायीले आ’न्दोलन सुरु गर्दा उपभोक्ता मारमा परेका छन् ।
पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढे पनि नेपाल आयल निगमले भाडा नबढाएको र कमिसनसमेत नदिएको भन्दै अतिआवश्यकीय वस्तु ढुवानी रोकेर व्यवसायी विरोधमा उत्रिएका हुन् ।
व्यवसायीले आजदेखि इन्धनको आयात र बिक्री पूर्ण रूपमा ठप्प पारेका छन् । हाल नेपालमा दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक छ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ ।
व्यवसायीले बिक्री वितरण रोकेसँगै पेट्रोलपम्पहरु पनि बन्द गरिएका छन् । पम्पमा पुग्नेहरुले पेट्रोलियम पदार्थ भर्न पाइरहेका छैनन् । खुला रहेका केही पम्पहरुमा सर्वसाधारणको लाइन लागेको छ ।