२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

विप्लव भन्नुहुन्छ – एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने

अभियान सञ्चालन गर्नुपर्छ ।’ उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघा-तीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील, देशभक्त र क्रा-न्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए ।

उनले एमसीसीका पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरु विरु-द्धको ल-डाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए ।उनले भने– ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ ।

एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । नेपाल ध्रुवीकरण हुँदैछ । देशभक्त र देशघा-तीहरुको बीचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ।

दलाल र स्वाभिमानी नागरिकको बीचमा एउटा ध्रुवीकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ ।’ उनले भने, ‘हामीले यो अभियान गाउँ–गाउँसम्म पुर्याउनुपर्छ । र हाम्रो पार्टीको सोचाइ छ की यो ल-डाइँमा पनि हामीले प्रगतिशील शक्तिहरूलाई, देशभक्त शक्तिहरूलाई, क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध गराउन गाउँसम्म

जानुपर्छ र राष्ट्रघा-ती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजीपति वर्गको विरु-द्धको ल-डाइँमा गाउँसम्म पुर्याउनुपर्छ र एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।’

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रा-न्तिकारीहरुको काँधमा आएको उनको भनाई छ ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार