
चैत १७, काठमाडौं : नेपाल आयल निगमले कमिशन क’टौती गरेको बिरो’धमा ग्यास उद्योगीहरुले आज बिहीबार बाट बिक्रेताहरुलाई बिक्री वितरण बन्द गरेको छ ।
राष्ट्रिय पेट्रोलियम व्यावसाय समितिको संस्थागत समन्वय समितिको आह्वानमा पुर्बघोषित कार्यक्रम अनुसार बिहिवार बाट ग्यास उद्योगीहरुले बिक्रेताहरुलाई बिक्री वितरण बन्द गरेका हुन् ।
कमिशन कटौ’तीको बि’रोधमा नेपाल पेट्रोलियम डिल्लर्स , राष्ट्रिय असोसिएसन नेपाल, पेट्रोलियम ढुवानी व्यावसाहि महासंघ र नेपाल एलपि ग्यास उद्योग संघले संयुक्त रुपमा आ’न्दोलन गर्दै आएका छन् ।
कमिशन कटौ’तिको निर्णय नसच्याए चैत २० गते देखि देशभर ग्यास र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चे’तावनी उनीहरुले दिएका हुन् । निगमले पेट्रोलियम विक्रे’तालाइ प्रतिशतको आधारमा दिदै आएको कमिसन २०७८ फाल्गुन 1९ गते बाट बन्द गरेको थियो ।
युक्रेन रुस यु’द्धका कारण इन्धनको मुल्य आकासिएर आएपछी बढ्दो घाटा कम गर्न निगमले ग्यास बिक्री बापतको कमिसन रोकेको थियो । राष्ट्रिय पेट्रोलियम व्यावसाय समितिको संस्थागत समन्वय समितिको आह्वानमा पुर्बघोसित आ’न्दोलनका कार्यक्रम अनुसार आजबाट ग्यास उद्योगीहरुले बिक्रेताहरुलाई बिक्री वितरण बन्द गरेका हुन् । -बिनिता तिम्सिना