२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

आईपीएलमा आरसिबिको पहिलो जित !

काठमाडौं : इण्डियन पि्रमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइटराइडर्सलाई ३ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८.५ ओभरमा १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले ७ विकेटको क्षतिमा १३२ रन बनाउँदै जित हासिल ग¥र्‍यो ।

दुई खेल खेलेको बैंलोरको यो पहिलो जित हो ।बैंगलोरको शुरुवात राम्रो थिएन । ओपनर अनुज रावत खाता खोल्न नपाउँदै आउट भए । उनलाई उमेश यादवले आउट गरे ।
त्यसपछि कप्तान फाफ डुप्लेसिस पनि ५ रनमात्रै जोड्न सके । विराट कोहलीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

उनी १२ रनमा आउट भए ।डेभिड विली र शरफाने रदरफोर्डले टिमलाई सम्हाल्ने कोसिस गरेका थिए । विलीले १८ र रदरफोर्डले १८ रन बटुले । शाहबाज अहमदले तीन छक्का सहित २० बलमा २७ रन जोडे ।

वानिन्दु हसरंगाले पहिलो बलमा चौका प्रहार गरे तर त्यसपछि उनी टिम साउदीको बलमा बोल्ड भए । हर्षल पटेलले १९ ओरमा दुई चौका प्र-हार गर्दै खेललाई आफ्नो टिमको पक्षमा फर्काए । दिनेश कार्तिकले अन्तिम बलमा छक्का र चौका प्र-हार गर्दै बैंग्लोरलाई जित दिलाए । कोलकाताका कुनै पनि ब्याटरले ठूलो स्कोरको रन बनाउन सकेनन् ।

ओपनर अजिक्य रहाणे ९ रनमा वेंकटेश अय्यर १० रनमा आउट भए । कप्तार श्रेयस अय्यरले १३ रन मात्र बनाउन सके । नितिश राणाले १० र सेम बिलिङले १४ रन थपे । कोलकाताका लागि सबैभन्दा धेरै रन बनाउने ब्याटर आन्द्रे रसेल रहे ।

उनले १८ बलमा ३ छक्कासहित २५ रन जोडे । उमेश यादवले १८ रन बनाए । वरुण चक्र-वर्ती १० रनमा नटआउट रहे ।बैंगलोरका लागि वानिन्दु हसरंगाले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए । एक विकेट मोहम्मद सिराजको नाममा रह्यो । शहबाज नदिम महँगो सावित भए । केबल एक ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार