२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

एमालेले माग्यो अस्पताल निर्माणमा घो’टाला गर्ने मुख्य मन्त्रीको राजिनामा !

काठमाडौं : नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केशीको रजिनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रियामा घो’टाला गर्ने प्रयास गरेको भन्दै मुख्य मन्त्री केशिको रा’जिनामा मागिएको हो ।

१२ सय सैयाको 10 तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटा’ला गर्ने गरि स्पेसीफिकेसन बनाएर ठेक्का लगाइएको थियो । सर्बजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटी भेट्टाएपछी १४ चैतमा ठे’क्का र’द्ध गरिएको थियो ।

पुर्बाधार बिकासका प्रमुख कार्यकारी अधिकृत अनन्त राज घिमिरेले राजिनामा दिएका छन तर प्रक्रिया रद्ध र कर्यकारी अधिकृतको राजिनामाले मात्रै पनि सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनी प्रदेशका इन्चार्ज एबम् एमाले संसदिय दलका उपनेता बैजनाथ चौधरीले ठेक्का प्रक्रियामै सेट्टिङ भएकोले प्रदेश पुर्बाधार बिकास समितिको अध्यक्षको हैसि’यतले पनि मुख्य मन्त्रीले राजिनामा दिनु पर्ने बताए ।

चौधरीले भने ” ठेक्का प्रक्रियामा नै सेट्टिङ भएको छ र प्रदेश पुर्बाधार बिकास समितिको अध्यक्षको हैसियतले यस् सेट्टिङमा मुख्य जिम्मेवार मुख्य मन्त्री केशी हुनुन्छ ।” अब मुख्य मन्त्री रहन नैतिक रुपले नमिल्ने एमालेले बताएको छ ।

अस्पतालको भवन निर्माणकालागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो त्यस् बेला देखि नै सेट्टिङ रहेको प्रष्ट नै भएको छ त्यसैले मुख्य मन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने भएकोले तत्काल पदबाट राजिनामा दिनुपर्छ, एमालेले भनेको छ । – बिनिता तिम्सिना

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।