
चैत १७, काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे आयोजित ‘भर्चुअल कार्यशाला’मा अध्यक्ष ओलीले
विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान निर्देशन दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छ्न ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधित उक्त कार्यशालामा एमाले सरकारले गरेका राम्रा कामहरु दिएर जनताहरु माझ जान सकिने र एमाले सरकारले गरेका कामहरू बाट जनता हरु प्रसन्न रहेको बिश्वास अध्यक्ष ओलिले व्यक्त गर्नु भएको छ ।
‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ ।’ उनले भने एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा
होमिन पनि ओलीको निर्देशन थियो । कार्यशालामा प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि जानकारी दिएका थिए ।
भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरेका थिए । कार्यशालमा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र एमालेबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए।