
काठमाडौं : काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी केवुलकारमा चढेर यात्रा गरिरहेका कारहरु अचानक रोकिन पुग्दा निकै समय यात्रु झु ण्डिएको झु ण्डियै भए । बिजुली बन्द भै कारहरु तारमै रोकिन पुगेको चन्द्रागिरि केबल कारले जनाएको छ ।
गडबडी उत्पन्न भै आधा घण्टा कारहरु रोकिएको कम्पनीले बताएपनि स्थानीयले करीब ३ घण्टा सेवा रोकिएको भनेका छन् ।थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमामाण्ड २ जना चिकित्सक र नर्सहरुसहितको टोली घ’टनास्थल पुगेको थियो ।
३७ जनालाई रोकिन पुगेका केबलकारहरुबाट फर्काइएको थियो । थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारीद दिनुभयो ।
केवुलकारमा सवार ४० जना भन्दा बढी पर्यटकहरु केवुलकार बन्द भए पछी करिव आढा घण्टा केवुलकार भित्रै बस्न परेको कम्पनी व्यविस्थापनले जनाएको छ । उनिहरुलाई इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा स’मस्या देखिएपछि केही समय केवुलकार संचालनमा आउन नसकेको चन्द्रगिरी हिल्स प्रा. लि का मेनेजर झलक पौडेलले जानकारी दिनुभयो ।
दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा स’मस्या भएको भए पनि हाल पुन संचालन भै सकेको बताउनुभयो । केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेकोमा हाल उनीहरु साँझसम्म सबै फर्किसकेको पौडेलले जानकारी दिनुभयो ।
मर्मतसम्भार समयसमयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झु ण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पी’डितहरुले केबलकारको नि’गरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् ।सोेहि विषयमा पत्रकार राजेन्द्र राज तिमल्सिनाले टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
चन्द्रागिरि केबुल कारमा मानिस झु ण्डिएको झु’ण्डियै भए । उद्धारमा प्रहरी गए, डाक्टर गए, नर्स गए । ३७ जना कारमा अ’ड्किएका रहेछन् । ४ सय जना जति भालेश्वरमै रोकिए । तीन घण्टासम्म खै लाबै ला म च्चियो । हिजो दिउसोको यो घट’ना आजसम्म पनि मिडियाले थाहा पाएनछ । चन्द्रागिरि अलि कोल्टे ठाउंमा रहेकोले पत्तो नभएको होला ।