२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

पुरानै लयमा फर्कियो वैदेशिक रोजगार – साउदी र कतार जाने बढे !

काठमाडौ : वैदेशिक रोजगारमा जानेहरुको संख्या पुरानै अवस्थामा फर्केको छ । गत फागुनमा नेपालबाट विभिन्न मुलुकहरुमा ५३ हजार भन्दा बढी नेपाली गएका छन् ।

विगत दुई बर्षयता को-भिड-१९ का कारण वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ठूलो गिरावट आएको थियो ।
वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार गत फागुन महिनामा श्रम स्वीकृति लिएर ५३ हजार ४ सय ५७ जना नेपाली विदेशिएका छन् ।

त्यसमध्ये २६ हजार ४ सय २४ नयाँ हुन् भने अन्य पुन: श्रम स्वीकृति लिएर गएकाहरु तथा वैधा-निकरण गरेकाहरु रहेका छन् । रोजगारीका लागि विदेशिएका नयाँ २६ हजार मध्ये ३ हजार २९ जना महिला रहेको विभागको तथ्याँक छ ।

गत बर्ष फागुन महिनामा केवल १९ हजार ८ सय ८ जना मात्र वैदेशिक रोजगारमा गएका थिए । कोभिड १९ का कारण विभिन्न वन्देजहरु रहेका कारण तथा गन्तव्य मुलुकमा पनि रोजगारीमा आएको संकु-चनका कारण विदेश जानेहरुको संख्या उल्लेख्य घटेको थियो ।

यस बर्षको फागुनमा वैदेशिक रोजगारमा गएका मध्ये सवैभन्दा धेरै साउदी अरवमा गएको देखिएको छ । सो मुलुकमा एक महिनामा १५ हजार ६ सय ८५ जना रोजगारीका लागि गएका छन् । यसैगरी दोश्रोमा कतारमा रोजगारीका लागि जानेहरुको संख्या १५ हजार ६३ रहेको छ ।

पछिल्लो केहि बर्षयता नेपालीका लागि आकर्षक गन्तव्य मुलुक देखिंदै आएको संयुक्त अरव ईमिरेट्स (युएई) मा ९ हजार ४ सय ७८ जना गएका छन् ।Nगत माघ महिनाको तथ्याँकले पनि नेपालबाट वैदेशिक रोजगारमा जानेहरुको संख्यामा उल्लेख्य बृद्दि भएको देखाएको छ ।

विभागको तथ्याँक अनुसार माघ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर ५४ हजार ४ सय ७० जना विदेशिएका छन् । यसरी जाने मध्ये ३१ हजार ६ सय ४ जना नयाँ रहेका छन् । रोजगारीका लागि विदेशिएका कुल श्रमशक्ति मध्ये २ हजार ७ य ५ जना महिला रहेका छन् ।

माघ महिनामा पनि नेपालीको प्रमुख तीन गन्तव्य मुलुकहरुमा साउदी अरव, कतार र युएई नै रहेको छ । सो महिनामा साउदी अरवमा १९ हजार ८ सय ३१ ज्ना, कतारमा १४ हजार ७ सय ५१ जना तथा युएईमा ११ हजार ३ सय ३ जना रोजगारीका लागि गएका हुन् ।

केहि बर्ष अगाडीसम्म नेपालीको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा भनें पछिल्लो समयमा नेपाली श्रमिक न्यून मात्रामा गइरहेका छन् । लामो समयसम्म बन्द हुनु र को-भिड-१९ को संक्र-मण पश्चात पनि सो मुलुकले विदेशी श्रमिक लिन धेरै महिना देखि लगाएको बन्देजका कारण मलेसिया जाने नेपालीको संख्या न्यून भएको हो ।

२०७८ चैत्र १६, बुधबार प्रकाशित 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार