२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

आयल निगम इन्धन किन्नै नसक्ने अबस्थामा !

चैत १६, काठमाडौं : पछिल्लो निक्कै समयदेखि घाटा बेहोर्दै आयेको नेपाल आयल निगमको बित्तीय अवस्था निक्कै कमजोर भएपछि, निगमले इन्धन आपूर्तिको जिम्मा आफ्नो मात्र नभएको भन्दै हारगुहार मागेको छ ।

घाटा थेग्न नसकेपछि इन्धनको खपत घटाउनका लागि निगमले आफ्नो क्षेत्राधीकार बाहिर गएर यातायातमा जोरबिजोर प्रणाली लागू गर्न , आइतबार समेत सर्बजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

संचित रकम सक्केको निगमले इन्धन किन्न धौ धौ पर्न थालेपछी अर्थ मन्त्रालय संग हारगुहार गर्न थालेको छ ।
ऋण समेत पाँउन मुस्किल भएपछि सरकारी बैंकहरु , नागरिक लगानी कोष, संचय कोष जस्ता संस्थाबाट आबश्यक पर्ने रकम सरल रुपमा उपलब्ध गराउने ब्यबस्था गरिदिन निगमले अनुरोध गरेको छ ।

निगमले ऋण नपाएमा इन्धन जोह गर्न नसक्ने भन्दै असक्षमता मात्र देखाएको छैन उपभोक्ता लाई त्रसित पनि पारेको छ । नेपाल आयाल निगमका पुर्ब कार्यकारी निर्देशक भन्नुहुन्छ ” कोरोनाकालमा बढाइएको १५ रुपैयाँ कर हटाउनै पर्छ, र यो म हिजो जिम्मेवारीमा हुँदा पनि भन्थिए आज नहुदा पनि भन्छु ।

इन्धनमा सरकारले लिदै आएको कर घटाउनु पर्ने बिषयमा निगन पहिलो पल्ट बोलेको छ । उसले औपचारिक रूपमै भन्सार मुल्य अभिबृद्दि र पुर्बाधार कर कम्तीमा १५ रुपैयाँ घटाउन सुझाएको छ, त्यस्तै एल.पि ग्यासमा प्रति सिलिन्डर दुई सय रुपैयाँले शुल्क मिनाहा गर्न अनुरोध गरेको छ ।

प्रती लिटर १५५ रुपैयाँले पेट्रोल बिक्री गर्दा निगमले २८ रुपैयाँ घाटा देखाएको छ , त्यस्तै डिजेल १२८ मा बिक्री गर्दा ३२ रुपैयाँ र १५७५ मा एल.पि ग्यास बिक्री गर्दा ६६५ रुपैयाँ घाटा देखाएको छ । त्यसै पनि दैनिक ३१ करोड घाटा खाएको निगमलाई अहिले केहिसमय अघिदेखि इन्धन तथा ग्यास ब्याबसायिहरुको कमिशन बढाउनु पर्ने किचकिच पनि सहँदै आइरहनु पर्ने अबस्था छ । – बिनिता तिम्सिना

२०७८ चैत्र १६, बुधबार प्रकाशित 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।