२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

अर्थमन्त्री शर्मा भन्नुहुन्छ – म बाँझो खेततर्फ फर्किन चाहन्छु, सुझाव चाहियो ।

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताउँदै अर्थमन्त्री शर्माले सोका लागि सुझाव दिन आग्रह गरे ।

‘हाम्रो जस्तो आयातमुखी अर्थतन्त्रमा समस्या छ, उत्पादनको समस्या छ, रोजगारीको समस्या छ , यावत् कुराको समस्या छ । तर, समस्या छ भनेर समस्याकै मात्र कुरा गर्ने होइन त्यसको समाधानको उपाय पनि खोजि गर्नुपर्छ ।

अहिले म यता तर्फ केन्द्रित भइरहेको छु, अर्थमन्त्री शर्माले भने, ‘यसैबीच म बाझो खेततर्फ फर्किन चाहिरहेको छु, यसमा विज्ञहरुको सल्लाह सुझाव चाहन्छु ।’

बजेट तर्फ इंगित गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भोटमुखी नभएर जनमुखी र व्यवहारमुखी ल्याउन लागेको बताए ।

सोही अबसरमा अर्थमन्त्री शर्माले अहिलेको आर्थिक कठिन अवस्था आन्तरिक कारणले नभएर बाह्य कारणले आएको बताए । शक्ति राष्ट्र रुस र युक्रेन युद्धको प्रभाव अहिले विश्वमा कसले कमाउने र कसले गुमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको र सोको दबाब नेपालले समेत भोग्नु परिरहेको उनले बताए ।दैनिक न्युज नेपाल

२०७८ चैत्र १६, बुधबार प्रकाशित 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।