
चैत १६, काठमाडौं : युक्रेन रुस युद्धका कारण भारतबाट विद्युत आपूर्ति सहज नभएपछि औद्योगिक क्षेत्रमा अघोषित लोड’सेडिङ सुरु भएको छ व्यवसायीका अनुसार गत मङ्गलबार अघोषित रूपमा लोड’सेडिङ सुरु भएको हो ।
भारतबाट उर्जा खरिद गर्न नपाएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौती गरेको बताएका हुन् ।नेपाल उद्योग परिसङ्घ प्रदेश १ अध्यक्ष भीम घिमिरेले/अघोषित रूपमा विद्युत
कटौती भएको भन्दै नियमित विद्युत दिन नसक्ने भए तालिका दिन आग्रह गरे । अनियमित रूपमा विद्युत क’टौती हुँदा उद्योगका मजदुरहरू बेरोजगार हुनुपर्ने अवस्था आएको मोरङ
व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले बताए । उनले सोमबार बेलुका ४ बजे गएको बिजुली आइतबार बिहान ६ बजे मात्रै आएको बताए ।
गत मङ्गलबार ४ घण्टा विद्युत कटौती भएको थियो । त्यसयता नियमित रूपमा विद्युत कटौती बढेको उनले बताए । एक सातायता दैनिक विद्युत कटौती हुँदा हैरान भोग्नु परेको उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए ।
प्रदेश १ मा रहेका तीन निजी क्षेत्रको संस्थाले कुनै पनि बहानामा विद्युत कटौ’ती गर्न नमिल्ने बताएको छ ।
नेपाल उद्योग परिसङ्घ, मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले पत्रकार सम्मेलन गरी विद्युत क’टौती गर्न नमिल्ने बताएका हुन् । उनीहरूले नियमित विद्युत आ’पूर्ति गर्न माग गरे ।
व्यवसायीले विद्युत कटौ’ती गर्ने भए स्थानीय तहको निर्वाचनमा दलहरूलाई चन्दा दिन नसक्ने बताएका छन् । ‘विद्युत आपू’र्ति नियमित भएन भने व्यवसाय चल्दैन,’ व्यवसायीले भने, ‘दलहरूलाई चुनावमा सहयोग गर्न सक्दैनौँ ।’ – गौरादहका हामी नेपाली