२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

लोडसेडिङ सुरु – दैनिक १४ घन्टा लाइन काटिँदै !

चितवन : चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन का’ट्न सुरु गरिएको छ ।

अघोषित रूपमा १४ घन्टासम्म लो-डसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लो-डसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् ।

‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’,
उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’

प्राधिकरणले औप-चारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन । उद्योगमा कम्तीमा आठ घन्टासम्म बिजुली दिने योजना रहेको उनले बताए । गार्हस्थ उद्योगमा भने लोड-सेडिङ हुन नदिइने उनी बताउँछन् ।

‘चुुनाव आइरहेको छ । यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरूलाई जनताले कुट्छन् । त्यसो भएकाे हुनाले घरमा लोडसे-डिङ हुन दिन नहुने हामीलाई दबा-ब छ’, उनले भने ।

रुस-युक्रेन यु-द्धको प्र-भाव भारतको ऊर्जा क्षेत्रमा पनि परेपछि भारतले विजुलीको मूल्य बढाएको हो । बढेको मूल्यमा पनि बिजुली सप्लाइ सहज नहुँदा लोड-सेडिङ सुरु भएको हो । नदीमा पानीको बहाव बढेपछि मात्रै बिजुली सहज हुने देखिएको छ ।कुलप्रसाद काफ्ले/न्युज कारखाना

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।