२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

भारत र चीनले रुसबाट सस्तो मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति बढाए !

काठमाण्डाै : रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थकाे आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको

चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ । अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम

पदार्थ दिएको इकाेनाेमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि लगाएको प्रतिबन्धले पेट्रोलियम पदार्थको मुख्य आपूर्ति तथा प्रयोगकर्ता चीन र भारतलाई भने राहत मिलेको छ ।

अमेरिका, बेलायत तथा युरोपेली सङ्घको प्रतिबन्धका कारण रुसले धेरै मात्राको तेल बिक्री गर्न असफल हुने आँकलनका बीच चीन र भारतको आयातले रुसलाई पनि राहत मिलेको छ । यसको असरले अमेरिका, युरोपसहितका देशमा भने पेट्रोलियम पदार्थको भाउ बढ्ने इकोनोमिक्स टाइम्सले जनाएको छ । उज्यालो

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।