२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगारमा साउदी अरब र युएई जानेको संख्या बढे, महिला नै यतिधेरै !

काठमाण्डौ : वैदेशिक रोजगारीमा जानको लागि गएको फागुन महिनामा मात्रै ५३ हजार भन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

पुनः श्रम स्वीकृति लिएका समेत गरि फागुनमा ५३ हजार चार सय ५७ जनाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

जसमध्ये ४ हजार ७ सय १४ महिला र बाँकी पुरुष रहेका छन् । यस्तै ३ हजार १ सय २८ महिला समेत गरि २७ हजार ५ सय २० जनाले पहिलो पटक वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

विभागको तथ्यांकका अनुसार सबैभन्दा धेरै साउदी जानको लागि १५ हजार ६ सय ८५ जनाले र कतारको लागि १५ हजार ६३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, यूएईको लागि ११ हजार चार सय ९८ जना र कुवेतको लागि ४ हजार ७ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसरी जानेमध्ये ८ जना उच्च दक्ष, ६८ जना प्रोफेसनल र ४

हजार ९ सय ९६ जना अर्ध दक्ष रहेका छन् । यस्तै, २३ हजार ६६ दक्ष र २५ हजार ३ सय १९ जना अदक्ष रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।