
चैत १२, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई जिताएर ‘देश बन्छ’ भन्नु
मु’र्खता भएको बताएका छन् । हिजो शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म काँग्रेस, एमाले र माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि
उनीहरुलाई नै जिताएर ‘देश बन्छ’ भन्नु मुर्खता भएको बताएका हुन् । राजेन्द्र लिङ्देनले अब आउने बैशाखमा स्थानीय तह र आगामी एक बर्ष भित्रमा प्रदेश तथा प्रतिनिधि संघको चुनाव हुन गइरहेको अबगत गराउदै यस्को पुर्ण रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।
साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने उखान सुनाउदै क’म्न्युष्टहरु र साँढेलाई तुलना गरि जति दाना खुवाए पनि दुध दिएन भन्दै रिसाउनु र चित्त नदुखाउनुको औचि’त्य नभए जस्तै कम्न्युष्टहरुलाई भोट दिएर बिकासको आश राख्नु पनि उस्तै भएको बताएका छ्न ।
यसका साथै उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् ? भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरो’पसमेत लगाएका छन् । उनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तर’वार चलाएको भन्दा ठूलो हुने बताएका छ्न ।