
काठमाडौ : वैदेशिक रोजगारमा ठगी गर्नेलाई अब इन्टरपोल मार्फत पक्रा’उ गर्ने र स्वदेश फिर्ता बोलाउने भएको छ ।
बिदेशमा बसेर दलाली धन्दा गर्दै आएका ब्यक्तिहरुले
नेपालबाट वैदेशिक रोजगारको लागी पठाउने र अलपत्र पार्ने अनि सम्पर्कमा नआउने भएपछि यस्तो कदम चालिएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार
आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झु-टो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पु¥र्याउने कार्यमा संलग्न व्यक्तिलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट
नेपाल झिकाउने तयारी गरिएको बताएका छन् ।
उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको जानकारी गराएका छन् ।
उनले अलपत्र परेका नेपालीलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बा`ध्यता भएकाहरूलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्न यूएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए ।
उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कार-बाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए ।
नेपाली नागरिकलाई यूएईमा अल-पत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीलाई पनि सहभागी गराएको उनले बताए ।