२०७९ आश्विन १२ बुधबार
  • काठमाडौँ

एमाले सँग एक्लै लड्छु भनेर आँट गर्ने अहिले सम्म कोहि निस्केको छैन – केपि ओलि

चैत ११, काठमाडौं : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिवार काठमाडौंमा आयोजित नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन

समारोहलाई सम्बोधन गर्दै निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमाले संग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । समारोहमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लाई व्यंग्य गर्दै भन्नुभयो

नेपाली कांग्रेसको केन्द्रमा टुप्पोमा बसेर टुप्पोबाट हेर्दा जि ले के देख्नु भयो भने एमाले यति बलियो छ, एमालेको पाखुरा देख्नुभयो उहाँ छक्क पर्नुभयो । उनले थप भनेका छन्, ‘तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्या छु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले ।

पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताउँदै अध्यक्ष ओलीले सबै पार्टीहरु एकतिर

लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता एमालेको साथमा रहेको जिकिर गरे । अध्यक्ष ओलीले भनेका छन्, अरुहरु डराएर एकजुट हुने र हाम्रो विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले ग¥या छैन चुनावमा

नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ, जित्न सक्छ ।
बिजयको तयारी हाम्रा सबै कमरेडहरुले गर्नुपर्छ । आ–आफ्नो ठाउँबाट कलम चलाउन जान्नेहरु कलम लिएर उठ, बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ, उद्योगको क्षेत्रमा

काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ ।

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको
नेतृत्व गरेको बताए । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारको रुपमा रहेको उनले स्पष्ट पारे । उनले सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उल्लेख गरे ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार