
चैत १२, काठमाडौं : परराष्ट्र मन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनका स्टेट काउन्सिलर तथा बिदेश मन्त्री वाङ्ही २५ जना सदस्य सहित ३ दिने औपचारिक भ्रमणको लागि हिजो नेपाल आएका छन् ।
नेपालका कम्न्युष्टहरुप्रति सबैभन्दा सदा-सहायता राख्ने देशहरू भित्र शिर्ष र प्रमुख राज्यमा छिमेकी मुलुक चिनको नाम आउँछ । दक्षिण एसियाकै ठुलो कम्न्युष्ट पार्टीका रुपमा तत्कालीन अबस्थामा नेकपाको जन्म हुँदा सबैभन्दा खुसी चीन देखिएको थियो ।
र नेकपाको विघटन पछि सबैभन्दा दुखी पनि चीन नै देखिएको थियोे । तत्कालीन समयमा चिनका कम्न्युष्ट पार्टीका नेता र चिनियाँ राजदुतले पार्टी एकीकरण, त्यसपछिको अबस्था र विघटन हुने विषय अधि बढ्दै जादा त्यस्लाई रोक्न खेलेको भुमिकाहरुले त्यसलाई प्रष्ट पार्दै आएको छ ।
पछिल्लो समय सर्बोच्च अदालतको २०७७ फाल्गुन २३ गतेको एमाले र मावाबादी बिचको एकता बदर गर्ने फैसला पछि दुई पार्टीलाई मिलाउन चिनको सक्रियता भइरहेको छ ।
स्वयम चीनिया प्रदानमन्त्रीले दुई बर्ष अघि नेपाल भ्रमणको क्रममा नेपालमा मजबुत कम्न्युष्ट पार्टी हेर्न चाहेको इच्छा व्यक्त गरेका थिए ।
नजिकीरहेको निर्वाचनलाई ध्यानमा राखेर चिनले नेपालका कम्न्युष्टहरुलाई पुनः एकीकरणको प्रस्ताब नराख्ला भन्न सकिदैन । हिजो नेपाल प्रस्थान गरेका बिदेश मन्त्री वाङ्हीको यहाँ रहदा कम्न्युष्ट पार्टी एमाले र मावाबादीका अध्यक्षहरु केपी ओलि र प्रचन्डलाई भेट्ने कार्यक्रम तय भएको छ ।